भक्तपुर। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज (सोमबार) समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छाप्ने काम सकिएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।
उनका अनुसार केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गरेको छ। यसअघि केन्द्रले १० लाख ९८ हजार २०० प्रति नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ।