काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि चन्दा सहयोग गर्न भन्दै जथाभावी खाताको क्युआर कोड पठाउन नपाइने भएको छ ।

निर्वाचन आयोगको आग्रहमा नेपाल राष्ट्र बैंकले आमनिर्वाचनको क्रममा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गरेर मात्रै यस्तो कारोबार गर्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको छ । बैंकले यसका लागि छुट्टै प्रकृतिको खाता खोल्ने व्यवस्था समेत गरेको छ ।