काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
अ+
अ-

महेन्द्रनगर। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन्।

स्थानहद फुकुवापछि पहिलोपटक गृह जिल्ला कञ्चनपुर पुगेका लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका हुन्। “अहिले देश अफ्ठ्यारो अवस्थामा छ,संविधान लिकबाट बाहिर भएको छ,लोकतन्त्र जोखिममा छ‚” लेखकले सोमबार भने‚ “यस्तो बेलामा सबैसाथी मिलेर कांग्रेसलाई जिताउनुपर्छ बलियो बनाउनुपर्छ।”

उनले कांग्रेसका उम्मेदवारलाई जिताउन सबैले लाग्नुपर्ने बताए। देशको अवस्था सामान्य नभएकाले संविधानको लिकमा ल्याउन कांग्रेसले जित्नुपर्ने उनको भनाइ थियो। नेपाली कांग्रेसले लेखकको निर्वाचन लड्दै आएको क्षेत्र नम्बर ३ मा कञ्चनपुरका पूर्व पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।