काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
विशेष महाधिवेशनमा बन्दसत्रलाई सम्बोधन गरिरहेका गगन थापा। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै २१ माघदेखि पार्टीव्यापी ‘विशेष रणनीति’ लागू गर्ने भएको छ।

पार्टीले तयार गरेको निर्वाचन परिचालन निर्देशिकाअनुसार चुनावको अन्तिम ३० दिन पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरू आफ्नो–आफ्नो जिम्मेवारी क्षेत्रमा सक्रिय रूपमा खटिने छन्। निर्देशिकामा “जसको जिम्मेवारी जहाँ, उसले त्यहीं काम गर्ने” नीति स्पष्ट गरिएको छ।

उपसभापति पूर्णबहादुर शर्माको संयोजकत्वमा रहेको चुनाव परिचालन समितिले यो निर्देशिका तयार गरिरहेको छ। हाल केन्द्रीय कार्यालयमा प्रदेशस्तरीय आन्तरिक छलफल जारी रहेको र त्यसक्रममा ‘विशेष रणनीति’ बारे जानकारी गराइएको पार्टी सचिवालयले जनाएको छ।

यसअन्तर्गत मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको छलफल सम्पन्न भइसकेको छ भने बुधबार गण्डकी प्रदेशको छलफल हुँदैछ।

छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा रहेका वर्तमान तथा निवर्तमान पदाधिकारी, जिल्ला सम्पर्क समितिका सभापति, साथै काठमाडौंमा रहेका कांग्रेसका युवा र शुभेच्छुकहरूको सहभागिता रहेको छ।