काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१८ माघ २०८२
अ+
अ-

काठमाडौँ । पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजायको माग गर्दै मुद्दा दायर गरेको हो। २०६६ सालको मन्त्रिपरिषद्को निर्णयले पतञ्जलिलाई कानुनी सीमा भन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको आरोप छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा आइतबार सुनुवाइ हुनेछ।