काठमाडौँ। एक महिनासम्म चलेको स्वस्थानी व्रत आज (आइतबार) बिहान साङ्गे (समापन) गरिएको छ।
पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत तथा माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने माधवनारायण मेला आइतबार बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सम्पन्न भएको हो।
व्रतालुले बिहानै त्रिवेणीधाममा स्नान गरी माधवनारायणको विधिपूर्वक पूजा गरेसँगै एकमहिने व्रत समापन गरेका हुन्। माधवनारायण व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहान सबेरै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीबाट पूजा गर्नुपर्ने परम्परा छ।
साथै शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता नलगाउने धार्मिक मान्यता छ। हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीका लागि बिजेन अमात्यले खिचेका माधवनारायण मेला समापनका थप तस्बिर :
