काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१८ माघ २०८२
अ+
अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धानकारी निकायबाट प्राप्त रोक्का तथा नियन्त्रणसम्बन्धी र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा जफत भएका सम्पत्ति तथा साधनको एकीकृत विवरणको प्रणाली यथाशीघ्र तयार गर्न निर्देशन दिएका छन्।

कसुरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रोक्का वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन गर्ने/गराउने जिम्मेवारी प्राप्त गरेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमन गरी विभागको कार्यप्रगतिबारे जानकारी लिने क्रममा मन्त्री अर्यालले विभागमा विभिन्न निकायबाट प्राप्त हुन आउने कसुरजन्य सम्पत्तिलाई प्रविधिको प्रयोग गरी प्रभावकारी व्यवस्थापनको लागि निर्देशन दिएका हुन्।

गृहसचिव, मन्त्रालयका सुरक्षा तथा समन्वय शाखा प्रमुखलगायत उच्च अधिकारीसहितको टोली लिई अनुगमनका लागि पुगेका अर्याललाई विभागका महानिर्देशकले विभागको कामकारबाही र प्रगतिबारे जानकारी गराए।

कसुरजन्य सम्पत्ति तथा साधन व्यवस्थापनसम्बन्धी मार्गदर्शन २०८२ बमोजिम गठन हुने निर्देशक समितिको अध्यक्षको हैसियतले मन्त्री अर्यालले सम्पत्ति शुद्धीकरणको ग्रे-लिस्टबाट नेपाललाई निकाल्ने सम्बन्धमा विभागको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले विभागको कामलाई थप प्रभावकारी बनाउने सम्बन्धमा कार्ययोजना बनाई पेस गर्न निर्देशन दिए।