झापा। झापाको गौरादह नगरपालिका ४ मा आज (सोमबार) साँझ ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।
गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १-०१-००१ त ९७२० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई गौरादह ४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसको थियो। दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका ८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।
दुर्घटनामा सख्त घाइते भएकी उनलाई उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको उनले बताए। दुर्घटनामा ११ जना घाइते भएका छन्।
घाइतेहरूको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ। घाइतेको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।