स्टक मार्केट
नेप्सेमा बुधबार ११३ कम्पनीको मूल्य बढ्दा १३४ कम्पनीको घट्यो भने १३ कम्पनीका सेयरमूल्य स्थिर
काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से १.६४ अंकले घटेको छ। आज चार कम्पनीका सेयरमूल्यमा ‘पोजेटिभ सर्किट’ लाग्यो भने कारोबार रकम साढे सात अर्ब पुग्यो।
आइतबार १९.८५ अंकले घटेको नेप्से सोमबार १.५३ अंकले बढेको थियो। मंगलबार भने १२.५८ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज (बुधबार) ०.०६ प्रतिशतले ओरालो लागेको नेप्से २‚६८१.५० विन्दुमा अडिएको छ।
सेन्सिटिभ इन्डेक्स पनि ०.७० अंकले घटेर ४५६.०० विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतले घटेको छ। नेप्सेमा बुधबार ३२६ कम्पनीको ८० हजार ४२२ पटकको कारोबारमा एक करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच भए। जसमा बुधबार सात अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आइतबार नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँको कारोबार भएको थियो भने सोमबार आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६७० रुपैयाँको कारोबार भयो। यस्तै हिजो (मंगलबार) भने आठ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँको कारोबार भयो।
नेप्सेमा बुधबार १३ समूहको कारोबार भएकामा सातवटा समूहको सूचक बढ्यो। बाँकी ६ समूहका सूचक घटे। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.३२ प्रतिशतले घट्यो।
सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर कारोबार
विकास बैंक ०.१०‚ फाइनान्स ०.९३‚ होटेल तथा पर्यटन ०.१८‚ जलविद्युत् समूह ०.३८‚ लगानी समूह ०.०८ प्रतिशतले बढेका छन्।
जीवन बिमा ०.१३‚ उत्पादन तथा प्रशोधन समूह ०.५३‚ लघुवित्त समूह ०.३०‚ म्युचुअल फन्ड समूह ०.२८ प्रतिशतले घटे। यसैगरी निर्जीवन बिमा समूह ०.१३ प्रतिशतले बढ्यो। यस्तै अन्य समूह ०.३१ प्रतिशतले घट्यो भने व्यापार समूह ०.४९ प्रतिशतले बढ्यो।
नेप्सेमा बुधबार ११३ कम्पनीको मूल्य बढ्दा १३४ कम्पनीको घट्यो। १३ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा मंगलबार चारवटा कम्पनीका सेयरलगानीकर्ताले १० प्रतिशतले कमाए। अर्थात् ‘पोजेटिभ सर्किट’ लाग्यो। पोजेटिभ सर्किट लाग्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड‚ सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड‚ सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेड र आँखुखोला जलविद्युत् कम्पनी लिमिडेड रहेका छन्।
विकास बैंक ०.१०‚ फाइनान्स ०.९३‚ होटेल तथा पर्यटन ०.१८‚ जलविद्युत् समूह ०.३८‚ लगानी समूह ०.०८ प्रतिशतले बढे
यस्तै सबैभन्दा धेरै एचएलआई लार्ज क्याप फन्ड (म्युचुअल फन्ड) का लगानीकर्ताले ५.५४ प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य ९.७१ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर कारोबार भयो। आज (बुधबार) यसको ८० करोड ७७ हजार ४०५ रुपैयाँको कारोबार भएको छ। आँखुखोलाको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३५४ रुपैयाँ कायम रह्यो।