खिचिक्क

बेथानचोकको शान्त वातावरण र प्राकृतिक सौन्दर्यमा आन्तरिकसँगै बाह्य पर्यटक पनि आकर्षित

२४ माघ २०८२
अ+
अ-

काठमाडौँ। काभ्रेको बेथानचोक गाउँपालिका ३ र ५ को सीमामा अवस्थित गजराम पर्वत पछिल्लो समय पर्यटकको रोजाइको गन्तव्य बनेको छ।

समुद्री सतहबाट ३,०१२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेषगरी जाडोयाममा बिहान सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

बिहानको पहिलो किरणसँगै कुहिरो चिर्दै उदाउने सूर्य‚ खुला आकाशमा प्रस्ट देखिने हिमशृङ्खला र चारैतिर फैलिएको हरियालीले यहाँ आउने पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ। बेथानचोक नारायणस्थान काभ्रेकै उच्च स्थानमध्ये एक हो। जहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटकलाई पनि आकर्षित गरिरहेको छ।

प्रकृतिप्रेमी तथा साहसिक यात्रामा रुचि राख्नेका लागि गजराम पर्वत एक उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। हेर्नुहोस् नेपाल फोटो लाइब्ररीले खिचेका थप तस्बिर :