काठमाडौँ। टी-ट्वेन्टी विश्वकपको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी सुरुवात गरेको छ।
१४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। फहिम असरफले ११ बलमा तीन छक्का र दुई चौकासहित अविजित २९ रन प्रहार गरे। साहिवजादा फरहानले ४७, साइम अयुवले २४ रन जोडे।
नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रनमा अलआउट भयो। कप्तान स्कट इडवार्ड्सले ३७ र बास डी लिडेले ३० रन बनाए। पाकिस्तानका बलरमध्ये सलमान मिर्जाले तीन विकेट लिए भने साइम अयुब, मोहम्मद नवाज र अबरार अहमदले दुई-दुई विकेट हात पारे।