काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ माघ २०८२
अ+
अ-

काठमाडौँ।स्पानिस ला लिगाको शीर्ष स्थानको बार्सिलोना मायोर्कालाई शनिबार ३-० ले पराजित गरेको छ।

क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोवस्की, लामिन यामल र मार्क बर्नलले १–१ गोल गरे।

खेलमो २९ औँ मिनेटमा लेवान्डोवस्कीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो।

लामिन यामलले ६१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। मार्क बर्नानले ८३ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको सहज जित निश्चित गरेका हुन्।

यो जितसँगै बार्सिलोनाले २३ खेलमा ५८ अंक जोडेको छ। पराजित मार्योका समान खेलबाट २४ अंकका साथ १५ औँ स्थानमा छ।