काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२६ माघ २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल माघ २६ गते सोमबार फागुन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी ९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष: आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । काममा लगानी हुन सक्नेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । समयको उपयोग गर्नुहोला ।

बृष: आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । रोकिएका सबै काम पूरा हुनेछन् । रोकिएका सबै काम पूरा हुनेछन् । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । घरमा नयाँ समान किनमेल हुनेछ ।

मिथुन: व्यापारमा फाइदा हुने छ। जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । मानसम्मान मिल्नेछ । कामबाट लाभ हुने सम्भावना छ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

कर्कट: अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

सिंह: स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।

कन्या: स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, कसैलाई नगद धन दिएका भए आज मागे पाइन्छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता पाइने छ ।

तुला: आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

वृश्चिक: स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ ।नयाँ काममा हात हाल्ने समय छ ।तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । विशेष सतर्क हुनुहोला ।

धनु: स्वास्थ्यमा सुधार आउनेछ । परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ । विशेष गरी पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

मकर: आर्थिक पक्ष सुदृढ बन्नेछ ।आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

कुम्भ : लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् । सरकारी काममा विलम्ब हुनेछ । थोरै बोलेको राम्रो हुन्छ ।

मीन: दाम्पत्य जीवन सुखद् देखिन्छ । कामबाट फाइदा पुग्न सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । आम्दानीका स्रोतहरू बन्द हुनेछन् । आज कसैसंग धेरै बोल्नु भन्दा नबोल्नु नै तपाइँको जित हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।