घोराही (दाङ)। घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन।
लु प्र ०२००१ प ११०२ नं को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको हुनसक्ने जनाइएको छ।
आज बिहान सूचना पाएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।