काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

बारा। बारामा बाघको आक्रमणबाट गत एक महिनामा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी गाउँपालिकाका ५५ वर्षीय चन्द्रबहादुर भुलन रहेका छन्।

जिल्ला प्रहरी उपरीक्षक सन्तोष तमाङका अनुसार, प्रगतिशील सामुदायिक वनमा बाघको आक्रमणबाट आइतबार एक पुरुषको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । छेवाङ्ग लामालाई च्याउ टिप्न जङ्गल गएको क्रममा बाघले आक्रमण गरेको हो।

स्थानीयले घटनास्थलमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले चितवनबाट डार्ट टोली परिचालन गरिएको जानकारी दिए। सौराहाबाट दुई वटा हात्ती बाघ खोजीका लागि आएका छन् भने डार्ट मार्ने टोलीमा पशु चिकित्सक पनि रहेका छन्।