काठमाडौं । जेन-जी आन्दोलनमा घाइते भएका चार जना प्रदर्शनकारीको मृत्यु भएको छ। घाइते भएका चार जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको अस्पतालले जनाएको छ।
ट्रमा सेन्टरका निर्देशक बद्री शर्माले चार घाइतेको उपचारको क्रममा मृत्यु भएको बताए। यसअघि जेन-जी समूहले प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको थियो।
जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेर अर्का एक जनाको मृत्यु भएको छ।
काठमाडौं मेडिकल कलेज सिनामंगलमा पुर्याइएका एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासन प्रमुख नारायण दाहालले बताए। “तीन जना गोली लागेका घाइते हाम्रो अस्पतालमा ल्याइएको छ,” उनले भने।
उनका अनुसार तीस जनाभन्दा बढी घाइते अस्पतालमा ल्याइएको छ। यससँगै मृतकको संख्या ६ पुगेको छ।