काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

काठमाडौं। आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले सानदार सुरुआत गर्ने क्रममा क्यानडाविरुद्ध ५७ रनको सहज जित निकालेको छ।

साेमबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको क्यानडाले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो।

दक्षिण अफ्रिकाका ओपनर तथा कप्तान आइदेन मार्करमले सर्वाधिक ५९ रन बनाए। उनले ३२ बलमा १० चौका र एक छक्का प्रहार गरे।

उनले पहिलो विकेटका निम्ति ६.५ ओभरमा अर्का ओपनर क्विन्टन डी ककसँग ७० रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई विशाल योगफलको आधार दिएका थिए । डी ककले २२ बलमा दुई चौकासहित २५ रन थपे ।

यस्तै, डेविड मिलरले २३ बलमा एक चौका र तीन छक्कासहित ३९ रन जोडे । रायन रिकेलटनले २१ बलमा तीन चौका र एक छक्कासहित ३३ रन थपे । ट्रिस्तुटन स्टब्सले ३४ रन बनाए ।

क्यानडाका लागि नवनित धालिवालले ४९ बलमा ७ चौका र १ छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी, हर्ष थकरले २२, युुवराज शर्माले १२ र साद बिन जफरले ११ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले ४, मार्को यानसनले २ तथा कागिसो रबाडा र कोर्बिन बोशले १–१ विकेट लिए ।