काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्न र निर्वाचन आयोगमा पेस निर्देशन दिएको छ।

आयोगकोमंगलबार बसेको बैठकले घोषणापत्र पेस गर्न निर्देशन जारी गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रेस विज्ञप्ति मार्फत २१ फागुनमा निर्वाचनमा भाग लिने दलहरूले निर्वाचन आयोगमा फागुन ३ गतेसम्म चुनावी घोषणापत्र पेस गर्नुपर्ने जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम संवत् २०८२ साल फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ।’