काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

सिरहा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेन-जी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन्।

सिराहाको धनगढीमाई नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा उनले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे। उनले भने, “मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनुभयो। यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ।”

थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भए पनि अब चुनावबाट कुनै प्रकारले पछाडि फर्कन नमिल्ने बताउँदै चुनावका लागि कांग्रेस तयारी अवस्थामा बसेको बताए। “हामीले त चुनाव दुई वर्षपछि आउला भन्ने सोचेका थियौँ तर जेन-जीहरूले विद्रोह गरिदिनुभयो र सुशासन खोज्न थाल्नुभयो,” उनले भने, “यसले गर्दा चुनाव चाँडै आयो। त्यसमा कांग्रेसले चुनावको स्वागत गरेको छ। नयाँ नेतृत्व छान्न तयार छ। भोट तपाईंहरूकै हातमा छ। जिताउनु हुन्छ भन्ने आशा लिएको छु।”

सभापति थापाले आज मधेसको सप्तरीको हनुमाननगर, रूपनी, कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा सम्बोधन गरेका थिए। यसअघि थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गरेका थिए।