काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

२८ माघ २०८२
अ+
अ-

काठमाडौँ। भारतको टि–२० क्रिकेट टिमका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण अस्पताल भर्ना भएका छन्।

बीसीसीआईको स्रोतले पीटीआईसँग भन्यो, ‘अभिषेक पेटको संक्रमणका कारण निजी अस्पतालमा भर्ना भएका छन्। समस्या स्पष्ट गर्न केही परीक्षण भइरहेको छ। आजै डिस्चार्ज हुने वा नहुने निश्चित छैन। अहिलेको अवस्थामा नामिबियाविरुद्ध खेल्ने सम्भावना कम देखिएको छ।’

टी–२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाविरुद्ध अभिषेक पहिलो बलमै आउट भएका थिए।

यदि अभिषेकले खेल्न नसकेमा उनको ठाउँमा सन्जु सामसनले ओपनिङ गर्न सक्नेछन्। न्युजिल्यान्डविरुद्धको सिरिजमा खराब प्रदर्शन गरेपछि सामसनको ठाउँमा इशान किशनलाई टोलीमा प्राथमिकता दिइएको थियो।

मुख्य बलर जस्प्रित बुमराह नामिबियाविरुद्धको खेलमा फर्कने भएका छन्। बिरामी भएका कारण उनले अमेरिकाविरुद्धको पहिलो खेल गुमाएका थिए। मंगलबार दिल्लीमा भएको अभ्यास सत्रमा उनले बलिङ गरेका थिए।