काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

सेयरबजार

सेयरबजारमा रिडी पावरको कारोबार सबैभन्दा उच्च‚ रिडीका लगानीकर्ताले कमाए ९.६७ प्रतिशत

२८ माघ २०८२
अ+
अ-

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) पनि नेप्से घटेको छ। यो साता लगातार घटेको नेप्से आज झिनो अंकले घटेको हो।

बुधबार नेप्से ०.०४ अंकले घटेको हो। योसँगै नेप्से २६६२.०९ विन्दुमा पुगेको छ। नेप्से आइतबार १०.२५‚ सोमबार २६.०५ र मंगलबार १०.२५ अंकले घटेको थियो।

सेन्सिटिभ इन्डेक्स भने ०.८१ अंकले बढेर ४५५.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.१७ प्रतिशतले बढेको हो। नेप्सेमा बुधबार ३२९ कम्पनीको ८२ हजार ४५० पटकको कारोबारमा दुई करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच भए। जसमा बुधबार आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ रुपैयाँबराबरको कारोबार भयो।

नेप्सेमा आइतबार ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भएको थियो भने सोमबार १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँबराबरको कारोबार भएको थियो। यसैगरी मंगलबार भने आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ रुपैयाँबराबरको कारोबार भयो।

नेप्सेमा बुधबार १३ समूहको कारोबार भएकामा पाँच समूहको सूचक मात्र बढे। बाँकी आठ समूहका सूचक राताम्मे बने।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.१० तथा विकास बैंक ०.१८ प्रतिशतले बढे। फाइनान्स ०.२५‚ होटेल तथा पर्यटन ०.६३ प्रतिशतले घटे। यसैगरी जलविद्युत् ०.४७ र लगानी समूहका सूचक ०.०७ प्रतिशतले बढ्यो।

यसैगरी जीवन बिमा ०.२३‚ उत्पादन तथा प्रशोधन समूह ०.४६‚ लघुवित्त समूह ०.०६ तथा म्युचुअल फन्ड ०.३६ प्रतिशतले घट्यो। यस्तै निर्जीवन बिमा समूह भने ०.०८ प्रतिशतले बढ्यो।

अन्य समूह ०.२४ र व्यापार समूह ०.२३ प्रतिशतले ओरालो लाग्यो।

नेप्सेमा बुधबार ११३ कम्पनीको मूल्य बढ्दा १३३ कम्पनीको घट्यो। १३ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

दिनभर उतारचढाव भइरहेको नेप्सेमा बुधबार सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.६७ प्रतिशतले कमाए। रिडी पावरको अन्तिम कारोबार मूल्य ३३४ रुपैयाँ कायम रह्यो।

यस्तै सबैभन्दा बढी सुपरमाई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.३९ प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य ८३५ रुपैयाँ कायम रह्यो।

आज सबैभन्दा धेरै कारोबार हुनेमा रिडी पावर कम्पनी लिमिटेड रह्यो। बुधबार यसको ६५ करोड ४७ लाख ६६ हजार ५७२ रुपैयाँको कारोबार भएको छ। रिडीको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३३४ रुपैयाँ कायम रह्यो।