काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौंमा भएको प्रदर्शनको क्रममा १७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, सिभिल, वीर, राष्ट्रिय ट्रमा सेन्टर, एभरेष्ट, काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएका घाइतेहरुको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार, सिभिल अस्पतालमा तीन जनाको मृत्यु भएको छ । सय जना घाइतेको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको छ । ४९ जना घाइतको उपचार भइरहेको छ।

त्यसैगरी, एभरेष्ट अस्पतालमा तीन जनाको मृत्यु भएको छ भने ३४ जना घाइतेको उपचार भइरहेको छ।

काठमाडौं मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइतेको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले तथ्यांक उपलब्ध गराएको छ ।

त्यसैगरी, त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइतेको उपचार भइरहेको बताइएको छ ।
अहिलेसम्म देशभर २५६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

जेन–जीहरूले देशभर प्रदर्शन गरेका थिए। प्रदर्शनको दमन गर्न प्रहरीले गोली चलाएको थियो।