काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

जनकपुरधाम। गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०७८/७९ मा ९१७ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लागि इजाजतपत्र प्रदान गरेको छ।

धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप गरी कूल पाँच जिल्लामा कार्यरत कार्यालयले सो जिल्लाका व्यवसायीहरूलाई नयाँ नापतौल इजाजतपत्र वितरण गरेको हो। साथै, अनियमितता गर्नेहरूलाई कारबाही गर्न, अनुगमन तथा निरीक्षणमा समेत कार्यालय सक्रिय रहेको जनाएको छ।

कार्यालय प्रमुख सुनिलकुमार यादवका अनुसार, नापतौल यन्त्र नवीकरण नगर्ने तथा ठगी गर्ने करिब दुई हजार ४३ उद्योगी तथा व्यवसायीमाथि कारबाही र जरिवाना लगाइएको छ।

सो अवधिमा दुई हजार ६३० व्यवसायीको नापतौल यन्त्र जाँच गरिएको थियो। साथै, सर्लाहीको लालबन्दी र हरिवन, महोत्तरीको गौशाला, रामेछापको मन्थली, र सिन्धुलीको कमलामाई नगरपालिकामा नापतौल सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु ५१ लाख एक हजार ९६० राजस्व सङ्कलन गरेको छ भने अघिल्लो आवमा यो रकम रु ४० लाख ६७ हजार २४२ रहेको थियो।