काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन्।
प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान सोलुखुम्बु पुगेको हो ।
हेलिकप्टरबाट नाम्चे हुँदै सल्लेरी पुगेकी प्रधानमन्त्रीलाई जिल्ला प्रशासन र सुरक्षा निकायका प्रमुखहरूले जिल्लाको अवस्थाबारे जानकारी गराएका छन्।
जिल्लामा १२३ मतदान स्थल छन्, जसमा हिउँ परे सात स्थल प्रभावित हुन सक्ने जनाइएको छ। प्रधानमन्त्रीले आज र भोलि पूर्वी हिमाली जिल्लाको अवस्था बुझेर पश्चिम जाने कार्यक्रम रहेको छ।




