काठमाडौं । चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो ७ महिनामा सरकारको खर्च आम्दानीभन्दा १ खर्ब १९ अर्ब बढी भएको छ। माघ मसान्तसम्म सरकारले ६ खर्ब ८२ अर्ब आम्दानी गरेको छ भने ८ खर्ब १ अर्ब खर्च गरेको छ।
कर आम्दानी वार्षिक लक्ष्यको ४५.२१% र गैर-कर आम्दानी ४२.५५% मात्रै जुटेको छ। अनुदान सहायताबाट २४% मात्रै आम्दानी भएको छ।
पुँजीगत खर्च कमजोर रहँदा, चालु खर्च बजेट लक्ष्यको ४७.६२% मात्र खर्च भएको छ। वित्तीय व्यवस्थामा १ खर्ब ७५ अर्ब खर्च गरिएको छ।