शुभेच्छुकको भिड छिचोल्दै पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलबाट निर्मल निवास
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन विमानस्थल पुगेका छन्।
झापाबाट आएका पूर्वराजालाई स्वागत गर्न राजावादीहरू विमानस्थलको गेटबाहिर भेला भएका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले विमानस्थल आसपास निषेधाज्ञा जारी गरेर सुरक्षा व्यवस्था कडा बनाए पनि राजावादी भेला भए। राजावादीहरूले ज्ञानेन्द्रको पक्षमा नाराबाजी पनि गरे।
यो पनि…
पूर्वराजालाई स्वागत गर्न भन्दै प्रसाईं समूह विमानस्थलमा, सुरक्षा व्यवस्था कडा [फोटो फिचर]
ज्ञानेन्द्र पनि भिड छिचोल्दै‚ समर्थकहरूसँग हात मिलाउँदै‚ दिएका खादा-माला स्वीकार्दै शीतल निवास पुगे।
झापाबाट पूर्वराजा शाह आउने भन्ने थाहापाएपछि उनका समर्थक बिहानैदेखि स्वागतका लागि तयार भएर बसेका थिए। सुरक्षाका लागि पनि बिहानैदेखि ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो।
हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
