काठमाडौँ। बागमती कलेजमा अतिरिक्त क्रियाकलापअन्तर्गत निबन्ध लेखन प्रतियोगिता भएको छ।
काठमाडौँको सुकेधारामा रहेको कलेजमा अध्ययनरत विद्यार्थीबीच भएको प्रतियोगितामा कक्षा ११ र १२ का छात्रछात्रा सहभागी बने। निबन्धको शीर्षक ‘प्रेम र जीवन थियो’। प्रतियोगितामा मोनिका मेहता‚ रेबिका चर्मकार र शौरभी भुजेल क्रमश: प्रथम‚ द्वितीय र तृतीय बने।
मेहता र भुजेल विज्ञान संकायका छात्रा हुन् भने चर्मकार कानुन संकायकी हुन्। विजेताहरूलाई कलेजका प्राचार्य प्रमोद आचार्य‚ संयोजक कविराज राई‚ फणिन्द्र थापा र अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश प्याकुरेलले संयुक्त रूपमा पुरस्कार प्रदान गरे।
“वार्षिक रूपमा विभिन्न क्रियाकलापमा विद्यार्थीलाई सहभागी बनाउँछौँ‚ उनीहरूको प्रतिभा प्रस्फुटन गराउनु हाम्रो उद्देश्य हो‚” प्राचार्य आचार्यले भने। उनले विद्यार्थीलाई पढाइसँगसँगै उनीहरूको रुचिअनुसारका विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउने पनि बताए।
विभिन्न खेलकुद‚ हाजिरीजवाफ‚ नाचगानलगायतका प्रतियोगितामा विद्यार्थीलाई संलग्न गराउने कलेजले बिहानीसत्रका संयोजक राईले जानकारी दिए।
