काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले चुनावकेन्द्रित प्रतिज्ञा-पत्र आइतबार सार्वजनिक गर्ने भएको छ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर पार्टीले आइतबार प्रतिज्ञा-पत्र सार्वजनिक गर्ने जनाएको हो।

पार्टी सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्र नभनी यो ५ वर्ष सरकार चलाउने योजनासहितको प्रतिज्ञा-पत्र हुने बताएका छन्। पार्टीले समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिज्ञा-पत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले जनाएका छन्।

प्रतिज्ञा-पत्र पार्टी कार्यालय सानेपामा पर्सि (आइतबार) दिउँसो २ बजे सार्वजनिक गरिने प्रवक्ता चालिसेले विज्ञप्तिमार्फत जानकारी दिए।