काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

३ फाल्गुन २०८२
सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति‚ उपराष्ट्रपति‚ प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्व। तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ सम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल‚ प्रधानमन्त्री सुशीला कार्कीलगायत विशिष्ट व्यक्तित्व सरिक भएका छन्।

काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति‚ उपराष्ट्रपति‚ प्रधानमन्त्री‚ प्रधानन्यायाधीश‚ राष्ट्रिय सभा अध्यक्ष‚ मन्त्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता रह्यो।

कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा मार्चपास, सेनाका हातहतियार तथा उपकरणहरुको प्रदर्शन, विविध सैनिक कला तथा सांगीतिक झाँकी प्रदर्शन गरिएको थियो। त्यस्तै मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरुका प्रस्तुति पनि कार्यक्रममा राखिएका थिए।

सेनाले हरेक वर्ष महाशिवरात्रिका अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको सिलसिलामा १८१९ मा नेपाली सेनाको गठन भएको थियो।

त्यस वर्ष नेपाली सेनाका श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी खडा गरिएका थिए। नेपालका पुराना संस्थाहरुमध्ये नेपाली सेना पनि एक हो।