काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण बन्न नसकेको बताएका छन्।
आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुने वातावरण अझै नबनेको बताएका हुन्।
चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताए ।
“चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,” उनले भने।
चुनावको वातावरणबारे सरकारले नै धेरै कुरा थाहा पाउनुपर्ने बताउँदै ओलीले आफूँहरूले हेर्दा अझै चुनावको वातावरण बनेको जस्तो नदेखिएको प्रतिक्रिया दिए।