काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगसमक्ष चुनावी प्रतिबद्धता-पत्र बुझाएको छ।
पार्टीका तर्फबाट आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज (आइतबार) प्रतिबद्धता पत्र बुझाइएको हो।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धता-पत्र ३ फागुनभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ।
सोहीअनुरूप आयोगले यसअघि नै सबै दललाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेस गर्न पत्राचार गरेको छ।