काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

३ फाल्गुन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवा १० मा सब-इन्जिनियरको गोली हानी हत्या गरिएको छ।

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सब–इन्जिनियर प्रमोदकुमार यादवको आइतबार साँझ अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

अज्ञात व्यक्तिले छातीमा गोली प्रहार गर्दा सख्त घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राईले बताए।

सब-इन्जिनियर यादव मलंगवा १० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।