काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन ८ गते शुक्रबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आगामी शुक्रबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्ने तय भएको हो।
पार्टीभित्रको पछिल्लो आन्तरिक परिस्थिति, अनुशासन सम्बन्धी प्राप्त उजुरी र संगठनको सुदृढीकरणका विषयमा छलफल गर्न यो बैठक बोलाइएको बुझिएको छ।
विशेषगरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा अनुशासन समितिको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।