चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने दाबी गरेका छन्। उनले जनताको समस्या समाधान गर्ने दाबी पनि गरेका छन्।
चितवनको कालिका नगरपालिका ३ मा स्थानीय बासिन्दासँग सोमबार गरेको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको दाबी गर्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने बताए। उनले यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा गर्दै पनि पूरा गर्न नसकिएको बताए।
उनले सुकुम्बासीको समस्या समाधान गर्न आयोग बनाएरै दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता जनाए।