२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। सुनसरीको इटहरीमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश जारी छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सोमबार राति १२ बजेदेखि कर्फ्यू आदेश जारी गरेका छन्। जेन-जी समूहको आन्दोलनमा इटहरी महानगरपालिकामा तोडफोड र आगजनी भएको थियो। प्रदर्शन र हिंसात्मक गतिविधि हुन सक्ने भएकाले कर्फ्यू जारी गरिएको मिश्रले बताए।

राति १२ बजेदेखि लागू गरिएको कर्फ्यू अर्को आदेश नभएसम्म जारी रहने प्रशासनले जनाएको छ। इटहरी उत्तर तरहरा प्रहरी चौकी, उत्तरपूर्व हवाई चोक, पूर्व बुढीखोला पुल, पूर्वदक्षिण अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय जाने बाटो दुई सय मिटर अगाडि, दक्षिण डुमरटका जाने बाटो, पश्चिम दक्षिण नेपाल टेलिभिजनको कार्यालय, पश्चिम कान्छी चोक, इलाका प्रहरी कार्यालय पकली र पश्चिम उत्तर काव्य बाटिका क्षेत्रमा कर्फ्यू रहने प्रशासनले जनाएको छ।

जेन-जी आन्दोलनका क्रममा सोमबार प्रहरीले गोली चलाउँदा इटहरीमा दुई जनाको मृत्यु भएको थियो।