काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विगत पाँच महिनाको अवधिमा २७ टनभन्दा बढी लागुऔषध नष्ट गरिएको अधिकारीहरूले बुधबार बताएका छन्।

प्रान्तीय प्रहरीका प्रवक्ता मुल्ला असदुल्लाह जमसिदका अनुसार जफत गरिएका लागुऔषधहरूमा दुई हजार ७६६ किलोग्राम अफिम, नौ हजार ६६४ किलोग्राम मेथाम्फेटामाइन, ९९३ किलोग्राम गाँजा, एक किलो हेरोइन र अन्य अवैध लागूपदार्थमा प्रयोग हुने सय किलोग्राम कच्चा पदार्थ रहेका छन्।

वरिष्ठ प्रान्तीय विभागहरूको प्रतिनिधित्व गर्ने समितिको सुपरिवेक्षणमा अर्घान्दब जिल्लाको तोरा क्षेत्रमा विनाश भएको थियो।

यसअघि प्रान्तको एन्टी नार्कोटिक्स युनिट’ले सोही निर्देशनमा थप ४७ हजार किलोग्राम विभिन्न लागुऔषध नष्ट गरेको थियो।