पर्वत। पर्वतको कुश्मा नगरपालिका ५‚ मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको मृत्यु भएको छ।
मोदीवेणी धामामा बस्दै आएकी पर्वत फलेवास नगरपालिका ९‚ भँगराकी ९७ वर्षीया सावित्री गिरीको मृत्यु भएको हो। आज कालीगण्डकी नुहाउन किनारमा पुगेकी उनलाई नदीले बगाएको थियो।
नदीले बगाएलगत्तै उद्धारमा खटिएको सशस्त्र प्रहरी बल २५ नम्बर हेडक्वाटर चण्डिका र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजी गर्दा झन्डै ४०० मिटर तल बगरमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
गिरीको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ।