काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१२ फाल्गुन २०८२
अ+
अ-

वासिङ्टन। अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागु–औषध तस्करी गर्ने डुङ्गालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ।

युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा आतङ्कवादी सङ्गठनसँग सम्बन्धित जहाजमा आक्रमण गरिएको उल्लेख गरिएको छ।

जहाज क्यारिबियन क्षेत्रका नार्को–तस्करी मार्गहरूमा ओसार– पसार गरिरहेको उल्लेख गर्दै नार्को–तस्करी अपरेसनमा संलग्न रहेको विज्ञप्तिमा भनिएको छ।

सन् २०१५ सेप्टेम्बर को सुरुदेखि संयुक्त राज्य अमेरिकाले तस्करी गतिविधिमा संलग्न रहेको शशङ्कित पानी–जहाज तथा डुङ्गाहरूलाई लक्षित गर्दै आएको छ, जसको परिणामस्वरूप अहिलेसम्म दर्जनौँ मानिसहरूको मृत्यु भएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै जारी गरेको राष्ट्रिय रक्षा रणनीतिमा सन्दिग्ध लागु–औषध तस्करहरू विरुद्धको सैन्य कारबाही समावेश गरिएको जनाइएको छ।