सुनसरी। निर्वाचनमा खटिने कर्मचारीका लागि जिल्ला सदरमुकामपनि १६७ मतदानस्थलमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन भइरहेको हो।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम इनरुवा–५ स्थित सारदा माविमा आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए।
जिल्लामा चार निर्वाचन क्षेत्र रहेको जनाउँदै उनले १६७ मतदानस्थलमा खटिने कर्मचारीलाई निर्वाचन सुरक्षा, लाइन व्यवस्थापनलगायत विषयमा तालिम दिन थालिएको बताए। तालिम शुक्रबार समापन हुने निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।