१६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ । पाकिस्तान र अफगानिस्तान (तालिबान) बिच युद्ध सुरु भएको छ। दुवै पक्षले एकअर्काका सैनिक तथा लडाकु मारिएको दाबी गरिरहेका छन्। मारिएकाको संख्या फरक-फरक आइरहेका छन्।

यद्यपि दुई देशबिचको द्वन्द्व तत्काल रोकिने छाँट देखिएको छैन। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्, ‘पाकिस्तान र अफगानिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ, तर मेरो पाकिस्तानसँग राम्रो मित्रता छ।’

बीबीसीका अनुसार ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारहरूसँग कुरा गर्दै उक्त अभिव्यक्ति दिएका हुन्।