खिचिक्क

यस्तो छ जेन-जी आन्दोलनमा क्षतिग्रस्त दमक भ्युटावरको अहिलेको अवस्था

१६ फाल्गुन २०८२
दमक भ्युटावर तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सिना/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनका नाममा क्षतिग्रस्त बनाइएको झापाको दमक भ्युटावर अझै पुनर्निर्माण हुन सकेको छैन।

भ्युटावरमा झन्डै २५ करोड क्षतिको अनुमान गरिएको छ। एक अर्ब ६४ करोड खर्च गरेर भ्युटावर सञ्चालनमा आएको थियो। २०८१ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको यो भ्युटावर गत साउनदेखि सर्वसाधारणलाई प्रवेश खुला गरिएको थियो।

भ्युटावरमा कुनै पनि व्यावसायिक संस्था वा कम्प्लेक्स भने सञ्चालनमा आउन सकेको छैन। जेन-जी आन्दोलन अघिसम्म यो खाली नै थियो। आन्दोलनका क्रममा भ्युटावरको गेट‚ टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी बस्ने भवनलगायतमा तोडफोड र आगजनी भएको थियो।

१८ तलाको यो भवनका अधिकांश सिसा फुटेका छन्। भित्री भागमा समेत क्षति पुगेको छ।

हेर्नुहोस् थप तस्बिर :