तनहुँ। नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले नेतृत्व नै परिवर्तन गरेको काङ्ग्रेसले देशलाई पनि सुधारेर विकास-निर्माणको नयाँ दिशामा अगाडि बढाउने बताएका छन्।
काङ्ग्रेस व्यास नगर समितिले दमौलीमा शनिबार आयोजना गरेको कोणसभामा उनले काङ्ग्रेस नीति र नेतृत्व सुधारेर आएको भन्दै देशलाई अगाडि बढाउने जिम्मेवारी अब काङ्ग्रेसले लिने बताए।
प्रवक्ता चालिसेले अस्थिर राजनीतिले देश पछौटेपनको सिकार भएको चर्चा गर्दै राजनीतिक स्थायित्व आवश्यक भएको बताए। उनले भने, “मुलुकको विकासका लागि काङ्ग्रेसले धेरै योगदान गरेको छ । अब देशलाई समृद्धिको बाटोमा लैजाने अभियानको नेतृत्व पनि काङ्ग्रेसले गर्नेछ ।”