१६ फाल्गुन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

बैतडी। अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ।

मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका १०‚ महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा छन्।

पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार विकासको शनिबार बिहान र विनोदको ११ फागुनमा मृत्यु भएको हो। केही दिनदेखि उच्च ज्वरो, बान्ता, शरीर दुख्ने लक्षण देखिएकामा दुवै जनाको मृत्यु भएको कुँवरले बताए।

अज्ञात रोगका कारण एकैघरका दाजुभाइको मृत्यु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए। गाउँभरि यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सकको टोली त्यसतर्फ गएको छ।