काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। निर्वाचनको तयारी र देशको समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चस्तरीय सुरक्षा निकायका प्रमुख स्थलगत अनुगमनमा गएका छन्।

विभिन्न जिल्लाको अनुगमनमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको उच्चस्तरीय टोली सहभागी छ।

निर्वाचनलाई मध्यनजर गर्दै उच्चस्तरी सुरक्षा निकायको प्रतिनिधिमण्डलले आज (आइतबार) बाँकेको नेपालगन्ज हुँदै बझाङ, बाजुरा र धनगढी पुगेर निर्वाचन सुरक्षा र जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो।

उच्चस्तरीय प्रतिनिधिमण्डलले निर्वाचन सुरक्षाको अनुगमन तथा समग्र निर्वाचनको वातावरणलाई ध्यान दिएर सम्बन्धित सुरक्षा निकाय र त्यहाँका जिल्लास्थित मतदान केन्द्रको स्थलगत अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिने कार्यक्रम छ।

यो पनि…

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

यसअघि शुक्रबार गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्चअधिकारी टोलीले दोलखा, ओखलढुंगा, मोरङ, रौतहट र पर्सामा निर्वाचन तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तर्क्रिया गरेको थियो।

सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षा तथा मुलुकको समग्र शान्ति सुरक्षालाई मजबुत र प्रभावकारी बनाएको छ। निर्वाचन नजिकिएसँगै सरकारका तर्फबाट सुरक्षालगायत अन्य बन्दोबस्तीका सबै तयारी गरिएको छ। मतदाताले भयरहित वातावरण निर्धक्कका साथ मतदानको वातावरण बनाउने वातावरण सुनिश्चित गरिएको छ।

निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत निर्वाचनअघि, निर्वाचनको अवधिमा र निर्वाचनपश्चात मतपत्रको सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत निर्वाचन योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ।