भक्तपुर। भक्तपुरको चाँगुनारायण ८‚ वन कार्यालयस्थित बागेश्वरी भवनअगाडि कार दुर्घटना भएको छ।
दुर्घटनामा चारजना घाइते भएका छन्। नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार सडकबाट करिब दुई सय मिटर तल खसेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
कारमा पाँचजना चढेका थिए। दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल भक्तपुरतर्फ पठाइएको पनि थापाले जानकारी दिए।