२२ फाल्गुन २०८२
अ+
अ-

दैलेख। दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी बासना थापाले सुरुआती अग्रता लिएकी छन्।

बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार थापाले ६०४ मत प्राप्त गरेर अग्रता कायम गरेकी छन्।

यस्तै, नेकपा (एमाले)का रवीन्द्रराज शर्माले ५४९, राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले ३३२ र नेपाली कम्युनिस्ट पार्टीका अमरबहादुर थापाले ३३ मत प्राप्त गरेका छन्।