सुर्खेत। पछिल्लो मतपरिमाणअनुसार सुर्खेत २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलहरूलाई उछिन्दै अग्रता लिएको छ। यसअघि तेस्रो स्थानबाट दोस्रोमा उक्लिएको रास्वपाले अहिले एमालेलाई समेत उछिनेर अग्रता लिएको हो।
रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले एक हजार ६६५ मत पाएका छन्। एमालेका उम्मेदवार कुलमणि देवकोटाले एक हजार ५९८ र कांग्रेसका नारायणकुमार कोइरालाले एक हजार २९३ मत पाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार झकबहादुर मल्लले ८६६ मत पाएका छन्।