काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

२२ फाल्गुन २०८२
बागलुङको गलकोटमा मतगणना गरिँदै। तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै स्थानमा अग्रता लिएको छ।

निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा रास्वपा र नेपाली कांग्रेसका एक एक उम्मेदवार विजयी भएका छन्। काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपाकी रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन्।

यसैगरी, मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली विजयी भए। उनले तीन हजार ३०७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्रधार डादु विष्टले एक हजार ८०६ मत प्राप्त गरिन्।

आयोगका अनुसार रास्वपाका ९४ उम्मेदवार अग्रस्थानमा छन्। यस्तै, नेपाली कांग्रेस र नेकपा (एमाले)का समान १०/१० उम्मेदवार अग्रस्थानमा छन्। नेकपाका आठ उम्मेदवारले अग्रता लिइरहेका छन्।

श्रम संस्कृति पार्टीका दुई उम्मेदवारले अग्रता लिइरहँदा राप्रपा‚ प्रगतिशील लोकतान्त्रिक पार्टी‚ जसपा र स्वतन्त्रका एक एक उम्मेदवारले अग्रस्थान कायम गरेका छन्।