काठमाडौं। चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति र सुव्यवस्था कायम हुनेमा आशावादी रहेको बताएको छ। नेपालको पछिल्लो परिस्थितिबारे जानकारी दिँदै चीनको विदेश मन्त्रालयका प्रवक्ता लीन चियानले आज आयोजित नियमित पत्रकार सम्मेलनमा भने, “चीन र नेपाल परम्परागत मित्र राष्ट्र हुन्। नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढंगले सम्बोधन गर्नेछन्।”
प्रवक्ता लीन चियानले नेपालसँग चीनको सम्बन्ध सुमधुर रहेको र शान्तिपूर्ण वातावरण कायम गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे।