काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका मित्र मानिने चार्ली कर्कको हत्या भएको छ। अमेरिकाको उटास्थित एक कार्यक्रमका क्रममा कन्जरेभेटिभ एक्टिभिस्ट चार्ली कर्कको गोली हानी हत्या गरिएको छ।
उनको बिहीबार यूटा राज्यको यूटा भ्याली युनिभर्सिटीमा गोली हानी हत्या गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ। ‘द अमेरिकन कमब्याक टूर’ कार्यक्रममा सहभागी भएका बेला उनको हत्या भएको बताइएको छ।
ट्रम्पले उनको हत्यामा दु:ख व्यक्त गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘महान् र साँच्चिकै असाधारण चार्ली किर्क अब यस संसारमा रहेनन्। अमेरिकी युवालाई कसैले पनि उनी जत्तिकै राम्रोसँग बुझ्न सकेन। सबैले उनलाई माया र सम्मान गर्थे, विशेषतः म।’
एफबीएआईका डाइरेक्टर काश पटेलका अनुसार गोली प्रहारको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएकोमा सोधपुछपछि छाडिएको छ। अधिकारीहरुका अनुसार एक घरको छतबाट गोली प्रहार गरिएको थियो।